महान्यायाधिवक्तामा दिनमणि पोखरेल सिफारिस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेललाई सिफारिस गरेका छन् । सरकारको कानुनी सल्लाहकारका रूपमा रहने पदमा पोखरेललाई सिफारिस गरिएको हो ।

कानुनमा विद्यावारिधि गरेका पोखरेल माओवादीनिकट अधिवक्ता मानिन्छन् । पोखरेललाई बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउने कार्यक्रम छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation