चन्द्रौटा महोत्सवमा कलाकार दुर्गेस थापामाथि आक्रमण

उपकार अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको चन्द्रौटामा आयोजना भएको ७ औ चन्द्रौटा महोत्सवको शनिवार आर्कषणको रुपमा रहेका कलाकार दुर्गेश थापा माथि आक्रमण भएको छ ।

स्टेजमा प्रस्तुती दिदै गर्दा थापा माथी ढुङगा प्रहार भएपछि उनको प्रस्तुती रोकिएको थियो । आक्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पल शाहलाई फसाउन सहयोग गरेको भन्दै थापा विवादमा तानिएका थिए । थापालाई शाहको समर्थकहरुले ढुङगा प्रहार गरेको हुनसक्ने अनुमान रहेको छ । शनिवारको दिन दर्शकहरुको भिड रहेकोले कस्ले ढुङगा प्रहार गरेको भन्ने विषयमा अनुसन्धन भइरहेको बताइएको छ । व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव पुस २१ गते सम्म संचालन हुने छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation