![](http://upakaronline.com/wp-content/uploads/2023/01/IMG_20230105_101017-670x420.jpg)
अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गामा ५ किलोग्राम गांजा सहित एक जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १४ सिमलपानी, तल्ला गाउका ६४ बर्षिय भिम प्रसाद न्यौपानेलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रहरीका अनुसार शितगंगा नगरपालिका वडा नं. १४ सिमलपानी तल्ला गाउँमा लागु औषध (गांजा) कारोवार भई रहेको छ भन्ने विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमाण्डमा खटिएको टोलिले न्यौपानेको घरमा खानतलासि गर्दा ५ किलोग्राम लागु औषध (गाँजा) जस्तो देखिने पदार्थ सहित न्यौपानेलेलाई नियन्त्रणमा लिएको थियो ।
न्यौपानेलाई लागू औषध मुद्धामा जिल्ला अदालत अर्घाखाँचीबाट ४ दिनको म्याद थपगरी अनुसन्धान अगाडि बढाइएको छ ।