जनकपुर र लुम्बिनीले पहिलो क्वालिफायरमा खेल्ने

काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा जनकपुर रोयल्सले क्वालिफायरमा स्थान बनाएको छ । टियु मैदानमा भएको खेलमा लुम्बिनी अल स्टारलाई २३ रनले पराजित गरि जनकपुर क्वालिफायरमा प्रवेश गरेको छ ।

जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ४७ रन बनाउँदा १ सय ६० रनको लक्ष्य दिएको हो । १ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनायो  जनकपुरका खेलाडी मैदान आउन ढिला गरेपछि खेल १७ ओभरमा छोट्याईएको थियो ।

लुम्बिनीका लागि अनिल शाहले ३५ रन बनाउँदा लाहिरु मिलन्थाले ३२ रन बनाए । सुनिल धमला २७ रनमा आउट हुँदा गुलसन झाले अविजित १० रन बनाए ।

जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ३ तथा समिउल्लाह शिनवारीले २ विकेट लिए ।  त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले १७ ओभरमा ६ विकेट गुमाएर १ सय ५९ रन बनायो ।

जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा अविजित ४७ रन बनाउँदा शरफुदिन असरफले १८ बलमा ३४ रन बनाए । खडक बोहोरा २२ रनमा आउट हुँदा शमिउल्लाह शिनवारीले २० रन बनाए । जनकपुरले अन्तिम पाँच ओभरमा २ विकेट गुमाएर ७२ रन बनाएको थियो ।

लुम्बिनीका लागि सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान २र२ तथा प्याट ब्राउन र इशाान पाण्डेले समान १र१ विकेट लिए ।

हारका बाबजुत दश खेल खेलेर ८ जित तथा २ हार हात पारेको लुम्बिनी क्वालिफायरमा पुगिसकेको छ । १० खेलमा १६ अंक सहित लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

दश खेलमा सात जित र तीन हार हात पारेको जनकपुर आजको खेल जिते पश्चात दोस्रो स्थानमा यस लिगको लिग चरण सकाएको छ । १४ अंक सहित जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

अब लुम्बिनी र जनकपुरले आईतबार हुने पहिलो क्वालिफायर खेल्ने छन् ।  यही संस्करणको पहिलो भेटमा भने लुम्बिनीले जनकपुरलाई हराएको थियो ।

शुक्रबार नै हुने दोस्रो खेलमा विराटनगर सुपर किंग्स र फार वेस्ट युनाईटेडबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ।

यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation