घनश्याम भूसाल एकीकृत समाजावादीमा प्रवेश गर्ने

काठमाण्डाै । नेकपा (एमाले) परित्याग गरेर प्रतिनिधि सभा चुनाव लडेका घनश्याम भूसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्ने हुनुभएको छ ।

नेकपा एकीकृत समाजवादीका सबैजसो नेता/कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाएको तत्परता सकारात्मक रहेको भूसालले  बताउनु भएको छ ।

उहाँले ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ समेत तयार पार्नु भएको छ । गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भूसाल  एमालेका छविलाल विश्वकर्मासँग पराजित हुनुभएको थियो । त्यसयता एकीकृत समाजवादीको नेतृत्वसँग उहाँले पटक–पटक छलफल गर्दै आउनु भएको थियो । उहाँ केही दिनपछि पार्टी प्रवेश गर्ने तयारी छ ।

 

A letter to the taskforce-final

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation