लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले ससदीय दलका नेता लीला गिरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गिरीलाई संविधानको धारा १६८९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख शेरचनले हार्दिक बधाई दिँदै सफल कार्यकालको कामनासमेत गरेका छन्।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४(४, जसपा,लोसपा र जनमतका ३(३ र २ स्वतन्त्र सांसदहरूसहित ५८ जनाले गिरीलाई मुख्यमन्त्रीमा दावी गरेका थिए।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ।

प्रदेशमा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ सदस्य छन्।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation