चितवन राष्ट्रिय निकुञ्जमा एक सिङे गैँडा र पाटेबाघ मृत भेटिए, चालु आर्थिक वर्षमै ८ गैँडा मरे

काठमाण्डाै । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङे एउटा गैँडा र एउटा पाटेबाघ मृत भेटिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदीको बगरमा भाले बाघ मृत भेटिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार अन्दाजी १५ वर्षको भाले बाघ प्राकृतिक कारणले मरेको हो । यस्तै, चितवन राष्ट्रिय निकुञ्जको सौराह सेक्टर अन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जको कोर क्षेत्रमा एउटा एक सिङे गैँडा मृत भेटिएको छ।

गैँडाको खाग सुरक्षित छ । बाघको आक्रमणका कारण गैँडा मरेको निकुञ्जले जनाएको छ । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०७९/०८० मा मर्ने गैँडाको सङ्ख्या ८ वटा पुगेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation