![](http://upakaronline.com/wp-content/uploads/2023/01/Ghanashyam_Bhusal_ZK3n3ZQ5bN-670x420.jpg)
काठमाडौं । एमालेको पूूर्व उपमहासचिव घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्।
एमालेभित्रका आफू निकट नेताहरुलाई समेत एकीकृत समाजवादीमा लैजाने रणनीति अनुसार भुसालले पार्टी प्रवेशको तयारी गरेका हुन्।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरुसँगको परामर्शपछि भुसाल सो पार्टी प्रवेश गर्न लागेका हुन्। एकीकृत समाजवादीमा भुसाललाई तत्कालका लागि केन्द्रिय सचिवालयको सदस्य बनाउने तयारी भएको बताइएको छ।
एमाले परित्याग गरेर गत निर्वाचनमा प्रतिस्पर्धा गरेका भुसालले एमालेबाट विभाजित भएर गठन भएको एकीकृत समाजवादी रोजेका हुन्। ।