यतिकाे विमान दुर्घटना : ३२ जनाको शव निकालियो

कास्की । पोखरामा आज आइतवर बिहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ३२ जना यात्रुको शव निकालिएको छ । सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन्  ।

उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको र विमानमा लागेको आगो पनि निभाउने काम भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो ।

यति एयरलाइन्सको एन–एएनसी एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दुर्घटना भएको थियो । प्राधिकरणका अनुसार दुर्घटना मा परेको यति एअरलाइन्सको जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation