![](http://upakaronline.com/wp-content/uploads/2023/01/326005117_1177005432951161_4582631087571870475_n-670x420.jpg)
कपिलवस्तु । माघी महोत्सव बाणगंगामा हाइड्रोजन ग्यासको सिलिन्डर विष्फोट हुदा एक जनाको मृत्यु भएको छ । बेलुन बेच्ने नासिक महम्दको प्लास्टिक बेलुन बिक्रीका लागि राखिएको शिलिण्डर बिष्फोट हुँदा मृत्यु भएको हो । उनि बनगाइमा बस्दै आएको पनि स्रोतले जनाएको छ ।
आज बाट सुरु भएको महोत्सवमा हाइड्रोजन ग्याँस विस्फोट हुँदा अन्य केही घाइते समेत भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । चौँथो माघि महोत्सव बाणगंगा ९ कपिलधाममा आज देखी सुरु भएको थियो ।