काठमाण्डाै । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि अग्नि परीक्षामा होमिने निर्णयमा पुगेको बताउनु भएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उहाँले लेख्नु भएको छ: ‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिकाबीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो। प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु ! धैर्यता र सहयोगका लागि अपिल गर्दछु !!’
सत्तारुढ दलहरुबीच भएको सहमति अनुसार अध्यक्ष लिङ्देन उपप्रधान तथा उर्जा मन्त्रीको शपथ लिने तयारीमा हुनुहुन्छ ।