लघुकथा : मोबाइलको घण्टी
रातको निद्रा भङ्ग गर्दै मोबाइलको घण्टी बज्न थाल्यो।
कोठामा साथीहरू वरिपरि निदाईरहेका थिए।
म पनि अनेक सपना हेर्दै लडिरहेको थिए।
मोबाइलको घण्टीले म मात्र ब्यूझिएन मदिरा पिएर सुतेका सबै साथीहरू पनि ब्यूझे।
को होला यतिबेला फोन गर्नेरुआँखा उघ्रनै मानेन छामछुम गर्दै सिरानी मुनिको फोन उठाएर ,हेल्लो,भने।
खासै मोबाइलमा नम्बर देखाएको थिएन त्यसैले मैले सोचे सँगै पढेको साथी रेशम होला भनेर हेल्लो भनिरहे नेटवर्कले पनि साथ दिएको थिएन एकछिन हेल्लो मात्र भनिरहे केही छिनमा उताबाट नारीको आवाज आयो त्यो आवाज सुनेपछि मेरो आँखा दुबै एकैपटक उघ्रीयो हतार हतार जवाफ दिए।
हजुर को हुनुहुन्छ उहाँको आवाजमा मलिन शब्द बोल्दै भन्नू भयो म बादलकी श्रीमती हु नेपालबाट भनेपछि मैले जवाफ दिए ए हो उहाँको त आज रातको काम छ हजुर भनिदिम्ला हजुरको फोन आएको थियो भनेर जाहेर गरे।
अनि त्यसपछि भने मैले बादललाइ दाइ भन्छु त्यसैले भाउजू भनेर सम्बोधन गरे नमस्कार भाउजू भनेर।
म बडो धर्म संकतमा परे त्यसैले मैले ढाट्नै उचित सम्झे नेपालबाट यतिबेला फोन गरेकी थिईन यतिका वर्ष भइ सक्यो बादल दाइ न छुट्टीमा घर जानू भएको छ न त कमाई नै पठाउनु भएको छ आजसम्म एककल फोन गरेको पनि थाहा छैन लामो समय भैसक्यो।
बादल दाइ यतै बिहारी मुयासग लहसिएको आज त झनै कोठामै लिएर मज्जाले बसेका छन् यी कुरा म उनको श्रीमती सग कसरी भनु।
हाम्रो भेटघाट पनि मुस्किलले हुने गर्छ म खासै बाहिर जान मिल्दैन कम्पनीको नियमभित्र बसेपछि होस्टेल छोडेर जान मिल्दैन यदि बादल दाईको यहाँको बसाईको बारेमा ती भाउजूलाई भटाभट भनिदिने हो भने उनीहरुको सम्बन्ध मा फिकापन आउन सक्छ।
त्यसैले वास्तविकता मैले खोलिन तथापी आजसम्म पनि ती बिहारी मैयाँ सग निलिप्त भैरहेको छ बादल।
श्रीमतीले बाल बच्चा कसरी हुर्काउदैछ एकपल सोच्न फुर्सद छैन उसको।
पहिलो चोटि हो उनको श्रीमतीले मेरो मोबाइलमा फोन गरेकी कसरी थाहा पाइन मेरो नम्बर मैले सोधिन सायद थाहा पाईसकेकी रहेछिन ।
ती भाउजूले बादलको कुकर्म त्यसैले दुख मन गरिन ती भाउजूले दाइ वादलले जिउँदै मार्यो मलाई इज्जत सम्झेर हिड्न पनि सकिन छोरा छोरीको माया पनि उत्तिकै लाग्छ।
खैरुराम्रोसँग कुरा नगरी ती भाउजूले आफ्नो मनको बह पोख्दा यस्तो लाग्यो ती भाउजू सग सुख दुखको बात रातभर गरुँ तर के गरुँ हामी परदेशिको आ आफ्नै बाध्यता जीवनको अनेक झुल्झन र झनझट समाधान गर्न सहयोग गरुँ ।
ती सारा सोचाइहरु मेरा कल्पना मात्र हुन ।रात छिपिदै गईराहेको थियो ।
साथीहरूलाई धेरै डिस्टव गर्न पक्षमा थिएन म त्यसैले दोहोरो बात गर्दै गरिन ।
हुन्छ दाईलाइ भनिदिनु राम्रोसँग सम्झाईदिनु भन्दै थिईन राम्रोसँग कुरा सुन्न पाएन फोन कट्यो।
बादल जस्तो अरु बादलहरु कति छन् यो इन्डियामा जो सृष्टि गरेपछि सुरक्षीत र सरक्षण गर्न पनि सक्नु पर्छ ।
आज यस्ता बादलहरु किन जिम्मेवारी बाट पन्छी रहेका छन् ।
अनेक प्रश्नहरु मडारिन थाक्यो।
मनमा थप निद्रा परेन सोच्दा सोच्दै उज्यालो भयो साथीहरू उठ्न थाले।
आफू पनि बिहानको नित्यकर्मम लागियो।।
कथाकार : श्यामकुमार क्षेत्री मुस्कान
नौबहिनी गा,पा ८ बल्लेखोला प्यूठान
हाल भारत