पैसा र पावर भएपछि अपराधीहरु उम्किने अनि हामी यतिकै मर्नुपर्ने ?

साया किरण  ।

कपिलवस्तुमा जिल्ला न्यायाधीश रहेका भुवन गिरीले जेठी श्रीमतीसङ कानुनी रुपमा अलग छन् र आरती गिरीसङ सम्बन्धमा छन् । तर अहिले आरती भुवन गिरीको विरुद्ध जाहेरी दर्ता गर्न हिडिरहेकी छिन् ।

उनी आफ्नै श्रीमान भुवन गिरीबाट पटक–पटक उत्पीडनमा परेको बताउँछिन् । जाहेरी दिन पहल गरेको पुरा २ महिना बितिसक्दा पनि प्रहरीले जाहेरी लिइरहेको छैन, विभिन्न बहानामा पन्छिरहेको छ । पहिलो पटक उनले २०७९/०८/०३ गते जाहेरी दिन गएकी हुन् । उनी भन्छिन्, आफू उत्पीडनमा परें भनेर प्रहरी समक्ष पुगिसकेपछि जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाउनुपर्ने हो तर प्रहरीले जाहेरी लिन मानिरहेको छैन ।

आरती गिरी २ पटक गर्भवती थिइन्, तर विभिन्न औषधि खुवाएर २ वटा बच्चा नै फालेको उनको भनाइ छ । उनी भन्छिन्, श्रीमती भएपछि सबै कुरा सहनुपर्छ भनेर समाजले सिकायो, मैले धेरै सहें पनि तर सहनै नसक्ने पिडा भयो मलाई र म बाहिर आएँ । अति नभएसम्म कोही पनि बाहिर आउन चाहदैनन् ।

न्यायाधीशले जे भने पनि हुने हो ? उनीहरुलाइ न्याय कानुन लाग्दैन ? समय हुँदासम्म जाहेरी लिदैन र हद म्याद पार गरिसकेपछि केश नै वन्द हुन्छ । पैसा र पावर भएपछि अपराधीहरु उम्किने अनि हामी यतिकै मर्नुपर्ने ? उनी भन्छिन् ।

भुवन गिरीले आफूलाई युज एन्ड थ्रो को रुपमा हेरेको आरोप उनी लगाउछिन ।

माघ ३ गते सर्वोच्च अदालत अगाडि आरती गिरीले आफ्नो न्यायको लागि पहल गर्दै प्रदर्शन गरिन् । प्रदर्शनकै क्रममा उनी बेहोस भएर लडेकी थिइन । उनलाई प्रदर्शनमा साथ दिनेमा पिडित महिला बिनु यादव पनि थिइन ।

एउटा पिडित महिलाले न्याय नपाएपछि शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्ने निहारिका, सर्वोच्च अदालत अगाडि साङ्केतिक रुपमा रातोसङ पोखेर विरोध गर्ने बिनु र न्याय माग्दामाग्दै सर्वोच्च अदालत अगाडि ढलेकी आरती, न्याय प्राप्तिका खातिर गरिएका अलग–अलग विरोधका तरिका हुन् ।

यो समाजले पिडित महिलाको चरित्रमा जति छिटो प्रश्न उठाउछ, त्यसरी नै न्यायको लागि पहल गर्ने र हिंसाका विरुद्ध बोल्ने हो भने समाजमा घट्ने महिला हिंसाका घटनाहरु केही हदसम्म कम हुने थिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation