लघुकथा – मुल्याङ्कन

” खै ? केही लेख्नलाई पनि मन लाग्न छाड्यो अब !” आफ्नो लेखाईलाई अगाडि बढाउन खोज्दा राम्रो छ भन्ने साथ र हौसला कसैबाट पाईँदैन, कहिले पनि !” खुईइय गर्दै उसले भन्यो। “किन हरेस खाको माईला दाई ” “राम्रो छ त तिम्रो साहित्य लेखन।निरन्तरता देउन ! अरूले औल्याएर देखाउनु, त आफ्नै लागि राम्रो हो नी!” ” सबै रचनाहरुको भाव राम्रो लाग्छ तिम्रो , मात्रै खारीन बाँकी छ !अभ्यास गर, बकुल्लाको दृष्टिले, सफलता मिल्नेछ एकदिन!हरेस खानु भनेको आफू हार्नु हो।तिमीमा धेरै प्रतिभा छ ! तर मेहनतले एकदिन अवश्य सफलता मिल्नेछ ।” साथीको हौसलाले कलम अगाडि बड्यो मेरो । ” मोबाइल र कापी कलम अगाडि राखेर मात्र हुन्छ ! घरमा कत्ति काम लथालिङ्ग छन् ।” अरु काम छैन छोरा तेरो , आमाको गनगन सुरु हुन्छ उताबाट ।” ” गर्छु ,आमा सबै काम एकैछिनमा ।” उसले हाँसेर भन्यो ।” ” मैले एउटा रचना पोष्ट गरेको छु ! कस्तो परिणाम आउने हो!” साथीलाई सुनायो उसले !” साथीले भन्यो: ” हामी सबैले आफ्नो भाग्य लिएर जन्मिएका छौँ ।समय आएपछि चम्कन्छ एकदिन, चिन्ता नगर !” एकाबिहानै फोन आउँछ,”कस्को फोन हो ?”भनी उठाए !माईला दाजुले । ” अस्तिको, “हाम्रो साहित्यिक” कार्यक्रममा तपाईंको रचना उत्कृष्ट भयो। समयमा आएर पुरस्कार लिनुहोला ।”

– सुनिता निरौला पौडेल, भक्तपुर  मध्यपुर ठिमी राधे राधे

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation