सिद्धार्थ क्याम्पस बुङ्चीमा प्रथम माघी महोत्सव सम्पन्न

कपिलवस्तु । ‘थारु कला संस्कृति थारुनके शान, ओके सम्बद्र्धन कइना हम्मान अभियान’ भन्ने मुल नाराका साथ सिद्धार्थ क्यम्पस बुङ्चिमा प्रथम सिद्धार्थ माघी (खिचडी) महोत्सव आउर सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

थारु विद्यार्थी समाज सिद्धार्थ क्यम्पस कमटिका अध्यक्ष हरिप्रसाद थारुको अध्यक्षता, बाणगङ्गा नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरीको प्रमुख आतिथ्यता, क्याम्पस प्रमुख खेमराज शर्मा, स्ववियु सभापति सुसिल खत्रिको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै बाणगङ्गा नगरकि उप प्रमुख रिता कुमारी चौधरीले थारु परम्परा र संस्कृतिलाई बचाउने जिम्मा अब विद्यार्थीहरुले लिनुपर्ने बताउनु भएको छ । बाणगंगामा थारु समुदायको बाहुल्यता रहेको हुँदा यहाँ थारु कला संस्कृतिलाई जगेर्ना गर्न सके पर्यटनको क्षेत्र बाट राम्रो आर्थिक आम्दानि समेत गर्न सक्ने बताउनु भएको छ । लोप हुन थालेका थारु कला संस्कृति र परम्परालाई अबका पुस्ताले पुराना पुस्ता सङ्ग सोधखोज गरेर तिनिहरुको प्रवद्र्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख खेमराज शर्माले अहिले जुनसुकै क्षेत्रको पनि तल्लो तह देखि माथिल्लो तहसम्म थारु समुदायका व्याक्ति रहेको भन्दै थारु समुदाय पछि नरहेको कुरा स्मरण गराउनु भएको थियो । त्यस्तै कार्यक्रममा बोल्दै स्वविय सभापति सुसिल खत्रिले क्याम्पसमा यस्ता सांस्कृतिक कर्यक्रम गर्न आफु र स्ववियु टिम तत्पर रहेको हुँदा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको थियो ।

थारु परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा थारु विशेष नृत्य प्रस्तुत गर्नुका साथै थारु परिकारको स्वादले उपस्थित पाहुना, शिक्षक र विद्यार्थीहरुलाई थप मोनोरन्जन प्रदान गरिएको थियो । कार्यक्रम क्याम्पसमा अध्यानरत छात्र निलकमल थारुको स्वागत मन्त्वय र स्ववियु सचिव दिनेश थारुको संचालनमा सम्पन्न भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation