विमल गैरे, सैनामैना ।
सैनामैना व्यापार संघको आयोजनामा रुपन्देहीको सैनामैना २ कालिका चोक मा पाचौं सैनामैना महोत्सव लाग्दै छ ।
यहि फागुन १७ गते देखी सूरु हुन लागेको महोत्सवको तयारी अन्तीम चारणमा पुगेको मुल आयोजक समितिका संयोजक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । अहिले महोत्सव स्थलमा स्टल निमार्ण, बाल उद्यान तथा मन्च वनाउने काम भइरहेको छ ।
महोत्सवमा पछिल्लो समयमा दर्शकले अत्याधिक रुचाइएका कलाकारहरु ल्याउने तयारी भइरहेको सास्कृतिक संयोजक चाम बहादुर क्षेत्रीले बताउनुभयो । महोत्सवमा आधुनिक गायक प्रमोद खरेल, लोक तथा दोहोरी गायक बद्रि पंगेनी, पशुपति शर्मा, खुमन अधिकारी, प्रकास सपुत, लोक तथा आधुनीक गायक रमेश राज भट्टराई, गायक हिमाल सागर, पुस्कल शर्मा, खेम सेञ्चुरी, टिका प्रसाई, ज्योती मगर, मिलन नेवार, सुप्रिम मल्ल ठकुरी, पुर्णकला वि.सी., बैकुण्ठ महत, प्रकास पराजुली, तेजस रेग्मी, टिका सानु, एमटी महर, श्याम राना, आशा वि.सी., हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा), गायक राम प्रसाद पौडेल, अनु चौधरी, कुशल वेल्वासे, नारायण लेकाली, लक्ष्मण खड्का, गोपाल नेपाल जि. एम, दिपक गरौजा, दिुप मगर, अस्मिता डल्लाकोटी, सपना गाहा, राजेन्द्र कंडेल, उज्वल गिरी, मोडल, करिस्मा ढकाल, रुविना अधिकारी, गायक पुरुषोत्तम पौडेल, आरती रुचाल, राजेश भण्डारी, विकास भट्टराई, रेनुका भट्टराई, टिका जैसी, गोविन पुन, अमित वराल, मोडल आरुसी मगर, गायक शान्ताराम सेन्चुरी, लोक तथा दोहोरी गायिका जानकी तारामी मगर, हास्य कलाकार पोख्रेली माग्ने र धुर्मुस लगायत स्थानिय कलाकारको प्रस्तुती रहने छ ।
पाचौं सैनामैना डान्सिङ्ग आइडल, नगर स्तरीय विद्यालय बक्तृत्वकला प्रतियोगिता, नगर स्तरीय मम्मी डान्स प्रतियोगीता, नगर विद्यालय स्तरीय नृत्य प्रतियोगिता महोत्सवका आकर्षणहरु हुन् ।