सैनामैना महोत्सवमा आयोजित लोक गीत प्रतियोगिताको उपाधि सुनारलाई

उपकार आलाइन, सैनामैना ।

नगरस्तरीय खुल्ला लोक गीत प्रतियोगिताको उपाधि सीता सुनारले जितेकी छन् । पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा सञ्चालित लोक गीत प्रतियोगिताको उपाधि सुनारले जितेकी हुन् । उनले नगद २१ ह्जार र प्रमाण पत्र प्राप्त गरेकी छिन् ।

त्यसैगरी विन्दु खड्काले द्धितीय स्थान हासिल गर्दै रु १४ हजारसहित प्रमाण पत्र प्राप्त गरेको लोक गित प्रतियोगिताका संयोजक नारायण भुसालले जानकारी दिनुभयो ।

त्यस्तै सिर्जना खनाल तृतिय हुँदै नगद रु. ८ हजारसहित प्रमाण पत्र प्राप्त गर्न सफल भइन् भने सबिना बन्जाडे शान्तत्वना हुँदै नगद ५ हजारसहित प्रमाण पत्र प्राप्त गरिन् ।

फागुन १७ देखि .सञ्चालन भएको महोत्सव आज सकिदै छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation