उपकार अनलाई, सैनामैना ।
सैनामैनामा जारी महोत्सव अन्र्तगत पाचौं सैनामैना डान्स आइडलको उपाधि दिक्षा सुनारले जित्न सफल भएकी छिन् ।
यही फागुन १७ गतेदेखि सैनामैना २ कालिका चोकमा जारी पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा आयोजित डान्सिङ्ग आइडलको उपाधि प्रतियोगी नं. ३ दिक्षा सुनारले जितेकी हुन् । उपाधिसँगै उनले नगद रु. ५५ हजार ५ सय ५५ सहित प्रमाणपत्र प्राप्त गरिन ।
त्यस्तै प्रतियोगी नं. ८ असिम सोमै द्धितीय हुँदै नगद रु.३३ हजार ३ सय ३३ सहित प्रमाण प्राप्त गरे । प्रतियोगी नं. १ प्रियङ्का भुसाल तृतीय भइन् । उनले १५ हजार ५ सय ५५ सहित प्रमाण पत्र प्राप्त गरिन । प्रतियोगी नं. ४ मिली के.सी शान्त्वना स्थान हासिल गर्दै ५ हजार ५ सय ५५ सहित प्रमाण पत्र प्राप्त गरेको अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक चन्द्र प्रकाश वनले जानकारी दिनुभयो ।
सैनामैना नगरपालिकामा सर्वाधिक चर्चा बटुलेको डान्स आइडलको उपाधिलाई नगरवासीले महत्वका साथ हेर्ने गरेका छन् ।