रुपन्देहीको कञ्चन १ मा धार्मिक ज्ञान महायज्ञ सुरु

रुपन्देही कञ्चन गाउपालिका वडा नं. १ मा १८ महापुराण पाठ पारण प्रवचन तथा धार्मिक ज्ञान महायज्ञ आज (बुधवार) बाट सुरु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कञ्चन वाड न १ वाड अध्यक्ष हरिनारायण थारुले धर्मले समाजमा हुने काट मार बिकृती अनत्य गर्न सहयोग पुगेन भयकोले पर्यटन हिसाबले समेत १८ पाठ पुराण कञ्चनकै धार्मिक पर्यटनमा मद्दत पुग्ने बताउनु भयो । धर्ती माताको रुपमा परिचित बिष्णु कुंवरको नेतृत्वमा हुन लागेको महायज्ञमा प्रमुख कथा बाचक ईश्वर रेग्मीले कथा वाचन गर्नेछन् ।

No description available.

महायज्ञ बिश्व शान्तिका लागि आयोजना गरिएको हो । चैत ८ गतेदेखि १६ गते सम्म चल्ने महायज्ञमा पाठ पुराण, ३० भन्दा बढी पण्डितहरुले स्वस्ति वाचन गर्नेछन् । स्थानीय समाजसेवि एवं कञ्चन गाउँपालिका वडा नं. १ का वडा सदस्य लोकनाथ ढकालले समाज अन्धकारमा गएको, नैतिकता हराएको भन्दै महायज्ञबाट नैतिक शिक्षाका साथै धर्म संस्कृतिको रक्षा हुने बताए ।

त्यस्तै उपस्थिति सम्पूर्णले महायज्ञ सफल पार्न सबै लाग्नु पर्ने र सहयोग गर्नुपर्ने बताए । त्यस्तै धर्ती माताले परिचित बिष्णु कुंवरले शान्ति र धर्मका लागि आफुले महायज्ञ गर्न लागेको बताईन् । सनातन धर्मको रक्षाका साथै अनुशासन र नैतिक शिक्षा उपलब्धि महायज्ञको मुख्य उद्देश्य रहेको उनको भनाई छ । धर्म गर्ने संस्कारको विकास समेत महायज्ञबाट हुने उनले बताईन् ।

No description available.

धर्ती माताबाट प्रभावित भएर अमेरिकाबाट नेपाल आएकी सीता थापाले धर्ती माताले सर्वत्र शान्तिको कामना गर्दै हिंडेको भन्दै सबैले धर्म र संस्कृतिलाई अनुसरण गर्नुपर्ने बताइन् । कार्यक्रममा बिहान १२ देखि साझ ५ बजे सम्म र ६ बजे देखि भजन कृतन हुने बताईएको छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation