कलाकार कल्याणकारी अक्षयकोषको अध्यक्षमा न्यौपाने

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल मातहतको कलाकार कल्याणकारी अक्षयकोषमा डेढ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो केन्द्रीय कार्यसमितिको कार्यकालमा एक करोड १३ लाख रुपैयाँ रहेकोमा रमेश वीजी नेतृत्त्वको निवर्तमान कार्यसमितिले ३७ लाख रुपैयाँ थपेर कोषमा डेढ करोड पुर्याएको हो ।

यसैबीच, उक्त कलाकार कल्याणकारी अक्षयकोषको सञ्चालक समिति अध्यक्षमा पुरुषोत्तम न्यौपाने चयन भएका छन् । उनी सर्वसम्मत चयन भएका हुन् । प्रतिष्ठानका अनुसार चन्द्र शर्मा उपाध्यक्ष, हरिप्रसाद न्यौपाने सचिव र कोषाध्यक्षमा पुरुषोत्तम थापा चयन भएका छन् ।

रमेश वीजी, बद्री पंगेनीलगायत १७ सदस्यीय सञ्चालक समिति गठन भएको प्रतिष्ठानले जनाएको छ । अध्यक्षले २१ जनाको कार्यसमिति नबढ्ने गरी बढीमा चार सदस्य थप्न सक्ने बताइएको छ ।

उक्त कल्याणकारी अक्षयकोषले समस्यामा परेका कलाकारलाई सहयोग गर्दै आएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation