एस.डि कृष्ण शर्मा
गजल
यसरी एक जिन्दगानी सकिन्छ !
जस्तो घ्यू दिँदै मदानी सकिन्छ !!
सहयोग दिँदा दुस्ख मान्छौ हामी,
हेर्नुस त मैन दुस्खै नमानी सकिन्छ !!
तिमी पनि अब आँखामा घुम्नेछौ,
केही छिनमा बिहानी सकिन्छ !!
तपाईं त दूध मन्दिर पुर्याउनुहुन्छ,
छोराले पिएरै मेरो चौलानी सकिन्छ !!
घर जलेकोमा त्यति गुनासो छैन,
भाडा पोतेर नै खरानी सकिन्छ !!
अन्जानमै भेट भएको हो तिमीसँग,
सम्बन्धपनि नजानी नजानी सकिन्छ !!