मन्दिरको दान पेटिका चोरी गरेको आरोपमा पोखरामा एक जना पक्राउ

कास्की ।
पोखरा महानगरपालिका–२ विन्ध्यवासिनी मन्दिरमा राखिएको नगदसहितको दान पेटिका चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका२५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षीय जिम्मी दोर्जे रहेका छन् । मन्दिरमा रहेको दान पेटिका चोरी भएको भन्ने घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी खटिएको प्रहरीले दोर्जेलाई दानपेटिकासहित पक्राउ गरेको हो ।

दोर्जेमाथि जिल्ला अदालत कास्कीबाट चोरी मुद्दामा ५ दिन म्याद गरी अनुसन्धान भइरहेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation