कपिलवस्तु । कपिलवस्तुमा एकैदिन तीन जना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । गएको मंगलबार झुन्डिएको अवस्थामा तीनजनाको शव भेटिएको हो ।
यसरी मृत फेला पर्नेमा दुई महिला र एक पुरुष छन् । यशोधरा गाउँपालिका, वाणगंगा नगरपालिका र शिवराज नगरपालिकाका एकरएकजना झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
यशोधरा–२, सोनबर्सीका ४० वर्षीय राममहेश पासी आँपको रुखमा साडीको पासो लगाई झुन्डिएको भेटिएको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।
यस्तै, वाणगंगा–६, अमौलीका २८ वर्षीय सिमबहादुर थारु घरमा टिनको छानामुनि रहेको फलामको पाइपमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए ।
उता, शिवराज–१, वनकट्टाकी ३८ वर्षीया मनकला थापा क्षेत्री ९थारु० आफ्नै घरको कोठामा फलामको पाइपमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
तीनवटै घटनामा झुन्डिनुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घलेले बताए ।