करेन्ट लागेर कपिलवस्तुमा १३ महिने शिशुको मृत्यु

कपिलवस्तुमा करेन्ट लागेर १३ महिने शिशुको मृत्यु भएको छ ।

जिल्लाको कृष्णनगर नगरपालिका–९ माडा बस्ने अदबुल कैयुम मुसलमानकी १३ महिने छोरी फराहनाज खातुनको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो ।

घरभित्र खेल्ने क्रममा पंखामा छोई करेन्ट लागी गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवसतुले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation