पाकिस्तान भारतसंग ०–३ को अन्तरले पराजित

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह एको खेलमा भारतले पाकिस्तानलाई ३–० ले हराएको छ ।

दशरथ रंगशालामा भएको खेलमा भारतले आत्मघाती गोलबाट अग्रता लिएको थियो ।

२१ औं मिनेटमा पाकिस्तानी गोलरक्षक शाहिद बुखरीले पञ्च गरेको बललाई कप्तान मारियाले आफ्नै पोष्टमा गोल गरेकी हुन् ।

त्यसको २ मिनेटमा नै भारतकी ग्रेस डाङ्मीले अन्जु तामाङको पासमा पहिलो बारमा गोल गरिन् र भारतलाई पहिलो हाफमा २(० को अग्रता दिलाइन् ।

भारतको लागि सोमिया गुगुलोथले इन्जुरी समयमा गोल गर्दै भारतलाई ३–० को जित दिलाईन् । ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानले दोस्रो हाफमा केही चलायमान देखिए पनि गोल भने गर्न सकेन ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation