दशैंको चहलपहलले बढ्यो पेट्रोलियम पदार्थको खपत

काठमाडौं । दशैंको चहलपलसँगै पेट्रोलियम पदार्थको खपत बढेको नेपाल आयल निगमले जनाएको छ । १ असोजदेखि सुरु भएको खपत वृद्धि अहिलेसम्म पनि यथावत रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

खाना पकाउने ग्याँस, पेट्रोल र डिजेल गरी सबै प्रकारका इन्धनको बिक्री केहीदिनयता बढीरहेको उपाध्यायले बताए । १ असोज यता सार्वजनिक बिदाका दिनमाबाहेक अहिले कम्तिमा २० लाख ९५ हजार किलोलिटरदेखि बढीमा ३७ लाख ७७ हजार लिटरसम्म पेट्रोल बिक्री भएको छ ।

डिजेल पनि प्रतिदिन ३६ लाख ४८ हजार लिटरदेखि अधिकतम् ५९ लाख २९ हजार लिटरसम्म प्रतिदिन खपत भएको निगमले जनाएको छ । यस्तै, खाना पकाउने ग्याँस पनि कम्तीमा १७ लाख २० हजार किलोग्रामदेखि बढीमा २५ लाख ८३ हजार किलोलिटरसम्म बिक्री भएको निगमले जनाएको छ ।

दशैंमा जहाजबाट बाहिरिनेको संख्या बढेसँगै हवाई इन्धन खपत पनि बढेको छ । यसअघि दैनिक ५ लाख २२ हजार लिटर खपत हुने हवाई इन्धनको बिक्री बढेर ६ लाख ७४ हजार लिटरसम्म पुगेको निगमले जनाएको छ ।

१ असोजदेखि ११ गतेसम्म कुल २ करोड ८ लाख ३२ हजार लिटर, ३ करोड २८ लाख ६२ हजार लिटर डिजेल र ६३ लाख ९२ हजार लिटर हवाई इन्धन खपत भएको छ । यस्तै १४ करोड ८२ लाख ७० हजार किलो खाना पकाउने ग्याँस बिक्री भएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation