कार्यवाहक क्याम्पस प्रमुख पदमा अर्याल र गिरी, चौतर्फी चर्चा

सैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पसको कार्यवाहक क्याम्पस प्रमुख पदमा अर्याल र गिरी चयन भएसी यतिवेला क्याम्पसको चौतर्फी चर्चा भएको छ ।

सामाजिक सञ्जाल फेशबुक भरी विष्णु अर्याल र जगलाल गिरीलाई बधाइको ओइरो आइरहेको छ । सैनामैना ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख यदुलाल पन्थको कार्यकाल असोज १३ गते सकिदै थियो । कार्यकाल सकिने भएसी पन्थले १३ गतेनै अर्याललाई कार्यवाहको जिम्मा दिनु भएको टेलिफोन संवादमा उपकार अनलाइनलाई वताउनुभयो । उहाले भन्नु भयो आफ्नो कार्यकाल सकिने भएपछि कार्यवाहक दिनु आफ्रनो कर्तव्य हो । त्यसैले मैले अर्याललाई कार्यवाहक क्याम्पस प्रमुखको जिम्मा लगाए ।

यता पुर्व क्याम्पस अध्यक्ष बालकृष्ण गैरेले कृष्णप्रसाद पोख्रेललाई कार्यबाहक अध्यक्षमा नियुक्त गरि आफू बिदा भएका थिए । कार्यबाहक अध्यक्ष पोख्रलले भने कार्यबाहक क्याम्पस प्रमुख अर्याललाई  कार्यवाहक क्याम्पस प्रमुख स्वीर्कानुभएन उहाले पनि कार्यवाहक क्याम्पस प्रमुखमा जगलाल गिरीलाई नियुक्त गर्नुभयो । पोख्रेल संग पनि हामी यस विषयमा टेलिफोन संवादमा कुरा ग¥यो उहाले भन्नुभयो यदुलाल पन्थको कार्यकाल असोज ११ गते सकिएको हो । तर पन्थले १३ गते अर्याललाई कार्यवाहक क्याम्पस प्रमुखमा नियुक्त गरे पछि आफुले असोज १४ गते गिरीलाई कार्यवाहक क्याम्पस प्रमुखमा नियुक्ती गरेको बताउनुभयो ।

तर सामाजिक संजालमा भने दुवैले आ–आफ्नो निकटका मान्छेलाई कार्यवाहक क्याम्पस प्रमुख पदमामा नियुक्ति गरेको टिका टिप्पणी छ । सामाजिक सञ्जाल फेशवुकका आधारमा जगलाल गिरीलाई नेपाली कांग्रेस र विष्णु अर्याललाइ नेकपा एमाले निकटले बधाई दिइरहेका छन् । शैक्षिक संस्थामा राजनिती हुनुहुदैन यस विषयको टुङ्गो क्याम्पस सञ्चालक समितिको बैठक वसेर लगाउनु पर्दछ ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation