निरन्तरको बर्षाले प्युठानका विभिन्न सडक खण्ड अवरुद्ध

प्युठान । तीन दिन देखी लगातारको बर्षाले भालुवाङ प्युठान सडक खण्डका विभिन्न ठाउमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
सडक माथीबाट खसेको लेदो सहितको पहिरोले खहरेखोला, सिमलचौर र चेरनेटा आसपासका क्षेत्रको बाटो छेकेको छ । अहिले पनि प्युठानका सवै भुभागहरुमा भीषण वर्षा भैरहेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation