कांग्रेस उप–सभापति भुसालको खुल्ला पत्र हँसिया–हथौड़ामा भोट हाल्दिन

बाणगंगा । कपिलवस्तु नेपाली कांग्रेस बाणगंगाका उपसभापति रमेश चन्द्र भुसालले खुल्ला पत्र लेख्दै गठबन्धनका नाममा माओवादीको चुनाव चिन्ह हसिया हथौडामा भोट नहाल्ने बताएका छन् । बाणगंगा नेपाली कांग्रेस नगर कार्यसमितिमा उप सभापतिमा भारी मतले विजयी भएका भुसालले माओवादीलाई मत नहाल्ने भन्दै खुल्ला पत्र लेखका हुन् । प्रध्यापक पेशामा आबद्ध भुसाल माओवादीबाट कांग्रेस प्रवेश गरेका नेता हुन् ।

यस्तो छ भुसालले लेखेको खुल्ला पत्र

खुला पत्र !
आदरणीय सभापति ज्यु,
जयनेपाल !
मेरो ब्यक्तिगत परिचय नेपाली कांग्रेसको क्रियाशील सदस्य तथा एऊटा तल्लो समितिमा आबद्द छु। म करिब १० वर्षको हुदा नेपाली कम्युनिस्ट आन्दोलनको बच्चा सिपाहीको रूपमा आबद्द भई करिब ३५ वर्षको हूंजेल अर्थात् २५ बर्ष कम्युनिस्ट नै थिए। नेपाली भुमी संग नसुहाऊने जनक्रान्ति र नक्कली जनवादी कुराले देश दलदलमा फसेको हेर्न नसकी आफ्नो स्वविवेकले समाजवाद उन्मुख सिद्दांतबाट नै लोकतन्त्रको रक्षा र समाज सुरक्षित बाटो तर्फ अघि बढ्ने जस्तो लागेकोले मैले परिपक्व उमेरमा निसर्त नेपाली कांग्रेसमा आफुलाई समाहित गरी वैचारिक तथा राजनीतिक गतिविधिहरू संचालन गरेको छू। म मूल्यांकन गर्न सक्छु, देशमा भैरहेका गठबन्धनहरू कस्का लागी र के का लागीरु देशले गठबन्धन गरेर चुनाव जीतेर प्राप्त के गर्ला भन्ने पनी स्पष्ट नै छ, जून २ बर्ष पहिले सम्म एमालेसंग जोड़िएको गठबन्धन थियो, त्यसपछि कांग्रेस संग…
सामान्य कार्यकर्ताले दिएको यो खुला भावना तपाईहरूलाई भूसूँनोको पनी टाउको बराबर लाग्नेमा म पहिले नै सचेत छु, तर यो भावना म जस्ता जन्मजात नभई समाज रूपान्तरणको लागी समाहित युवाहरूको प्रतिनिधित्वमूलक भावना हो, जनक्रान्तिको नाममा मारीएका शहीद परिवार, अपांग, घाइते, टूहुरा , जागीर छोडेर बिदेशिने प्रहरी, सेना, बिस्थापित परिवार र समग्र त्यो १२ बर्षे जनयुद्दले भविष्यविहीन बनाईएका युवा(युवतीको पनी आवाज़हो भन्नेमा ढुक्क छु।

यदि म तपाईको स्थानमा भएको भए,

एक पटक प्रधानमन्त्री भए पश्चात पदियरूपमा बिश्राम गरी, सम्मानित भएर बसेको हुनेथिए।
परिवारमोहले लज्जास्पद भाऊज करण पार्टी हुने दिन आउदैन थियो।
एकल(एकल भिड़ाई हुने थियो अनी देशमा जम्मा २ वटा पार्टीहरू।
गुट सकाएर पुस्ताहस्तांतरण गरी सर्वमान्य नेता बनेको हुने थिए।

अहिले तपाइलाई चोक(चोकमा शेरे उपनामले सामान्य कार्यकर्ताले गाली गर्दछन, जून अपमान जनक र नसुहाउने सुनिंछ तर मलाई लाग्दछ यो अवस्थाको सृजना तपाई आफैले सबैको सभापति बन्ने भंदापनी गुटे नेता बन्न खोज्दाको परिणाम हो।
तपाईका सल्लाहकार शायद बिज्ञ नै होलान तर बिज्ञको सल्लाह बिज्ञतापूर्ण भएन जस्तो लाग्यो। आफ्नो निजी स्वार्थपूर्तिको लागी कांग्रेसलाई बलि नचढ़ाऊनुस। तपाईले पार्टी त के देश निकाला गर्दछु भने पनी, मैल रूख बाहेकको चिन्हमा भोट हाल्नु परे स्वबीबेक प्रयोग गर्दछु र गर्न लगाऊदछु किनकी मैले हँसिया(हथौड़ामा भोट हाल्दिन भंने संकल्पले मावोबादी पार्टी छोड़ेको हु, धेरै साथीहरू छन त्यो पार्टीमा र सिंगो कम्युनिस्ट आंदोलनमा हाम्रो मेलमिलाप , सामाजिक सहकार्य तथा मेलमिलाप छ तर सैदांतिक र वैचारिक हिसाबले म कांग्रेस हु१ तपाईको हातले हँसिया हथौड़ामा भोट देला , तर गत चुनावमा विजयी भएर पनी जनताको लागी केही नगर्ने अनी प्रचण्डको कीचेन क्याबिनेटको सदस्यको मात्र हैसियतले टिकट लिएर आऊने, तेश्रो पटक चुनाव लड्ने बिगतको जनक्रान्तिका कमाण्डरलाई भोट गर्नु पूर्व मेरो हात व्यक्तिगत स्वतंत्रताले मात्र हल्लिने छ, म गठबन्धनको नाममा वैचारिक रूपमा स्खलित बन्ने छैन।

जयनेपाल
नेपाली कांग्रेसको कार्यकर्ता
रमेशचन्द्र भुसाल
कपिलबस्तु।

No description available.

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation