प्युठानमा खोलामा हाम फालेका युवक बेपत्ता

प्युठान। प्युठानको अरङखोलामा हाम फालेर एक युवा बेपत्ता परेका छन।
जिल्लाको माण्डबी गाउँपालिका वडा नम्बर १ कुमालटार घर भएका खेतुलाल सुनारका छोरा अन्दाजी बर्ष ३२ का धन बहादुर सुनार अरङखोलामा हाम फालेर बेपत्ता भएका छन ।

शुक्रबार बिहान ११ः४५ बजेतिर अरङखोलामा पौडी खेल्न जाने भन्दै खोलामा हाम फालेका प्रत्यक्ष दर्शी एवम् जनप्रतिनिधि ऋषि राम अधिकारीले बताउनुभयो । सुनारको मानसिक सन्तुलन ठिक नभएकोले यस्तो दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।अधिकारी माण्डबी गाउँपालिका सोहि वडाका वडा सदस्य हुनुहुन्छ। सूचनाको आधारमा प्रहरी घटनास्थल पुगेर खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय देविस्थानले जनाएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation