रुपन्देही ५, प्रदेश सभा (क) मा पहाडी, पोख्रेलले लिए उम्मेदवारी फिर्ता

बुटवल । रुपन्देही क्षेत्र नंं. ५ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका बागी उम्मेदवार विष्णु पोख्रेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । बुधवार दिउसो १ वजे सम्म निर्वाचन कार्यलयले मनोनयन फिर्ता लिने समय तोकेको थियो । समय सकिन केहिमिनेट रहदै नेपाली कांग्रेसका पोख्रेलले उम्मेदवारी फिर्ता लिएर माओवादी केन्द्रका पहाडीलाई सघाउने भएका हुन ।

यस क्षेत्रमा केन्द्रको नियम विपरित सत्ता गठबन्धनका दुई मुख्य दल मध्य नेपाली कांग्रेसका विष्णु पोख्रेल र नेकपा माओवादी केन्द्रका विनोद पहाडीले उम्मेदवारी दर्ता गराएका थिए । सत्ता गठन्धनबीचको भागबण्डा अनुसार प्रदेश सभा ‘ख’ कांग्रेसलाई तथा प्रदेश सभा ‘क माओवादीको भागमा परेको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation