बारामा एकै परिवारका ३ जनाको घाँटी रेटेर हत्या

बारा ।  बारामा एकै परिवारका तीन जनाको घाँटी रेटेर हत्या भएको छ । प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँभन्दा दुई किलोमिटर उत्तरको ढोरा खोला किनारमा एकै परिवारका तीन जनाको शव भेटिएको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक ९एसपी० होबिन्द्र बोगटीले उज्यालोलाई जानकारी दिनुभएको छ ।

खोला किनारमा २५ वर्षीया सुजाता चौधरी, उनकी चार वर्षीया छोरी ताहिरा र १६ महिनाका छोरा राजवीरको शव भेटिएको एसपी बोगटीले बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा परिवारभित्रैका सदस्यबाट उनीहरूको हत्या भएको देखिएको र अनुसन्धान सुरु गरिएको पनि उहाँको भनाइ छ ।

अहिले शङ्कास्पद व्यक्तिको विवरण सङ्कलन गर्ने र सोधपुछ भइरहेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation