डेङ्गु रोग नियन्त्रणमा बाणगंगा, नागरीकलाई पानी जम्ने खाल्डाखुल्डी नराख्न आग्रह

बाणगंगा । देशैभर यतिवेला डेङ्गु रोगको खतरा वढ्दै गइरहेको छ । यो रोगको नियन्त्रणका लागि स्थानीय तहले विभिन्न अभियान तथा चेतचनामुलक कार्यक्रम गर्दै आइरहेको छ । यस्तै कपिलवस्तुको बाणगंगा नगरपालिकाले पनि डेङगु नियन्त्रणका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । सोमबार नगरको वडा नम्बर १  उत्तमनगर आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सोही रोग नियन्त्रण सम्बन्धि अन्तरक्रिया तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

आइतवार देखि सुरु भएको अभियान, सोमवार चार नम्बर चोक हुँदै बैरिया, जितपुरका विभिन्न स्थानमा यत्र तत्र छरिएका पुराना टायर, ड्रम, प्लास्टिक जन्य कवाड, पानी जमेका स्थानहरु हटाइएको छ । वडा अध्यक्ष सन्जु कुमार सारु र उत्तमनगर आधारभुत स्वास्थ्य सेवा केन्द्रका कार्यालय प्रमुख ईश्वरा खरेलको नेतृत्वमा वडाका सबै जनप्रतिनिधि, टोल बिकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, वडाका सामुदायिक बिधालयका शिक्षकहरु जनचेतनामूलक अभियानमा सहभागी भएका थिए। वडाका सवै नागरीकलाई आ–आफ्ना घर आगनका पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घरमा रहेका कुलरहरुको पानी नियमित बदल्ने, फुलदानी, गमला, टायर, कचडाहरुमा पानी जम्न नदिने र २/४ दिन बिराएर मट्टीतेल छर्ने गरि डेङ्गु रोगका संक्रमण फैलाउने मच्छ्डको लार्भा बिकास हुनबाट रोकेर रोगको प्रकोप बाट बंच्नको लागि अनुरोध गरिएको छ । सो कार्यक्रममा वडाका सबै स्वास्थ्य स्वमसेविकाहरुले समेत सबै टोल टोलमा जनचेतना फैलाउन महत्त्वपूर्ण सहयोग पु¥याएका छन।

No description available.

डेङगु रोग डेङ्गी भाइरसका कारणले लाग्ने गर्दछ । सामान्यतया डेङ्गी भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन् । यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन्। हालसम्म डेंगुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation