उद्योग अनुगमन नगर्दा बाणगंगाका बजारमा लेभल नभएका पाउरोटी

बाणगंगा । कपिलवस्तुको मुख्य बजार क्षेत्र बाणगंगा नगरपालिका चार नम्बर लगायतका बजारहरुमा विना लेभलका पाउरोटि, ब्रेड छ्यापछ्य्पती भेटिएका छन् । नगरपालिकाले बजार अनुगमन गरेतापनि पाउरोटि उद्योग अनुगमन नगर्दा यस्तो भेटिएको हो । यसले गर्दा जनताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको छ ।

नगरपालिकाको उप–मेयर रिता कुमारी चौधरीको संयोजकत्वमा चाडपर्वको समयमा भएको अनुगमनमा विना लेभलका पाउरोटि र ब्रेड भेटिएका हुन । अनुगमनमा साना ब्यवसायिलाई विना लेभलका समग्री नराख्न आग्रह गरेता पनि पाउरोटि र ब्रेड उद्योग अनुगमन नगर्दा नियन्त्रण हुन सकेको छैन् ।

नगरपालिकाले हरेका बर्ष बजार अनुगमन गर्छ तर यस्ता पाउरोटि, ब्रेड, पानी, चाउमिन गद्योग लगाएतमा कहिल्यौ अनुगमन गर्दौन । यसले पालिकालाई झन संकाको घेरामा तानेको छ । किन हुँदौनत उद्योग अनुगमन ? के स्वस्थकर सामग्रि बजारमा आउछन् ? कि नगरपालिका नै भ्रममा छ ? यस्ता प्रश्न उपभोक्तामा उठ्न थालेका छन ।

यसै विच खाजा पसल चलाएका बाणगंगाका एकजना व्यापारीले भने“ नगरपालिका हामि जस्ता साना व्यवसायीलाई मात्र हप्काउनु भन्दा एकपटक उद्योग अनुगमन गर्दीए हामिलाई सहगोग हुने थियो ।” उनले थपे ‘बल्ल उपभोत्तालाई पनि अखाद्य्य समग्री बेच्नु पर्ने थिएन ।’ हामिलाई लेभल हेर्न आँउदैन उद्योगले कस्ता चिज ल्याए थाहानै हुदैँन उनले भने । त्यस्तै अर्का ब्यापारीले भने ‘लेभल नै आम सर्वसाधरण जनताले बुझ्ने खालको छैन कसरि चिन्ने ।’ बाणगंगाका चोक बजारमा यस्ता बस्तुहरु किराना पसल देखि होटलहरु सम्म जाकतै भेट्न सकिन्छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation