तुलविर थापाको अभिनयमा विष्णु खत्रीको मर्मस्पर्सी गीत ‘आधा शरीर’

उपकारर अनलाइ, सैनामैना ।

लोक संगीत क्षेत्रमा रुचाइएको नाम हो विष्णु खत्री । बाग्लुङको गल्कोटमा जन्मिएका खत्रीलाई नचिन्ने सायद कमै होलान् । जस्तो सुकै काल खण्ड र परिवेशलाई शव्द सिर्जना गर्ने र संगीत भर्ने खुवी छ उनमा त्यसैल त आज विष्णु खत्रीलाई साराले चिनेको छ ।

बाग्लुङको गल्कोटले गायक मात्र जन्माएन जस्तो सुकै गीत संगीतमा अभिनय गर्न सक्ने मोडल जन्मायो । पछिल्लो केहि समय यता अभिनबाट आफुलाई दर्शक माझ चिनाउन सफल भएका छन् मोडल तुलविर थापा । थापाले अभिनय गरेका सवै गीत चर्चामा हुने गर्दछन । प्राय विष्णु खत्री संगै सहकार्य गर्दछन थापाले । विष्णु खत्रीले सोमवार मात्रै सार्वजनिक गरेको गीत हो ‘आधा शरीर’ । शव्दले माया गर्ने जोडिहरुलाई लक्षित गरे पनि हरेक नागरीकको जिन्दगीको कथा समेत वोकेको छ ।

मोरी जादा लानु के छ साथमा गोजी हुन्न, आज मोरे भोली दुइ दिन कोहिलाई खोजी हुन्न यस्तै बास्तविक भाव बोकेको छ गीतले । खुसि हुने तिम्रो मन वनाउदिन खिन्न, मैले सास फेरुन्जेली तिम्लाई दुख दिन्न जस्ता कयौं शव्द छन जस्ले मायागर्ने जोडिहरुलाई नछुने कुरै भएन । तुलविर थापा र पुजन घिमिरेको उत्कृष्ट अभिनयमा तयार पारिएको गीतमा विष्णु खत्री र सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ । जसमा खत्रीलेनै शव्द संगीत गरेका छन् । सोमवार सार्वजनिक गरेको गीत विष्णु खत्री युट्युवमा गएर हेर्न सकिन्छ ।

भिडियो हेर्न क्लिक गर्नु पर्ने छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation