गुल्मी १ मा ज्ञवाली र भण्डारी बिच रोचक प्रतिस्पर्धा

उपकार अनलाइन, गुल्मी।
दुईवटा निर्वाचन क्षेत्र रहेको गुल्मीको क्षेत्र नं १ मा नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारी बीच प्रतिस्पर्धा हुँदै छ। जब कि यी दुवै अनुहार नयाँ भने होईनन्। २०७४ सालमा यही क्षेत्रबाट चुनाव जितेका ​ज्ञवाली नेकपा एमालेको उप–महासचिव तथा पटक पटक मन्त्री भैसक्नु भएको छ भने भण्डारी नेपाली कांग्रेसको १४ औं महाअधिवेशनमा उपसभाका प्रत्यासी हुनुहुन्छ ।

दुवै पार्टीका प्रभावशाली नेताहरू एकै क्षेत्रमा प्रतिस्पर्धामा उत्रेको यो पहिलो पटक भने होइन् जुन कि २०५६ साल देखि ज्ञवाली मैदानमा उत्रनु भयो, भण्डारीको २०६४ देखि मैदानमा प्रवेश भयो । दुवै बीचमा तीन पटकको निर्वाचनमा ज्ञवालीले निर्वाचित हुँदा एक निर्वाचनमा भण्डारीले बाजि मार्नु भयो। दुई जनाको प्रतिस्पर्धामा २०६४ र ०७४ को निर्वाचनमा ज्ञवालीले जितेकोमा २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भण्डारीले जित्नु भय‍ो । २०६४ सालदेखि दुई नेताबीच मित्रवत् रूपमा चुनावी प्रतिस्पर्धा हुँदै आएको हो। दुवै जनाले पछिल्लो समय आफूहरू जसले बाजि मारे पनि विकासको लागि मित्रवत् रूपमा अगाडि जाने पटक पटक सार्वजनिक कार्यक्रम मै घोषणा गर्ने गरेका छन्।

२०७४ सालमा वाम गठबन्धनको आधारमा ज्ञवालीले भण्डारीलाई पराजित गर्नु भएको थियो।अहिले भने माओवादीको साथ भण्डारीलाई रहेको छ । ज्ञवालीलाई एमालेको संगठनको भर रहेको छ । अन्य क्षेत्रको तुलनामा यहाँ एमाले भित्र आन्तरिक किचलो निकै कम रहेको नेकपा एमालेका जिल्ला अध्यक्ष बालसिंह काउछाले उपकार अनलाइनलाई बताउनु भयो। अधुरा कामहरू पुरा गर्ने बाचाका साथ ज्ञवाली मतदाता माझ पुगिरहेको समेत उहाँले उल्लेख गर्नु भयो । एउटै गाउँपालिका घर भएका एमाले नेता ज्ञवाली र नेपाल सरकार पूर्व मुख्य सचिव तथा चीनका लागि पूर्व राजदूत लीलामणि पौड्याल बिचको विगतको अन्तर द्वन्द्वलाई नेपाली कांग्रेसले अहिले लाभको रूपमा लिएको स्थानीयहरुको प्रतिक्रिया छ। केपी ओलीको पालामा ज्ञवालीको कारणले आफूलाई राजदूतबाट फिर्ता बोलाएको रिस फेर्न अहिले गाउँ गाउँ पुगेर पौड्यालले आफ्नो सकृयता बढाउनु भएको छ। माओवादी केन्द्रतिर लागेका पौड्यालले गठबन्धनलाई खुलेर साथ दिँदा भण्डारीलाई थप मद्दत हुने आंकलन विश्लेषकहरु रहेको छ । उक्त क्षेत्रको ‘ख’मा गठबन्धनबाट माओवादी नेता सुदर्शन बरालको बलियो साथ भएकोले भण्डारी र ज्ञवालीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको हो । तत्कालीन २०७४ को निर्वाचनमा ज्ञवाली ७ हजार भन्दा बढी मतले विजयी हुनु भएको थियो। ज्ञवालीले ३७ हजार ८१४ मत प्राप्त गर्दा भण्डारीले ३० हजार २५६ मत पाउनु भयो ।

गत निर्वाचनमा बाम एकताले जितेका ज्ञवाली अहिले आफ्नो क्षेत्रमा एमालेका मात्रै भर पर्नु पर्ने देखिन्छ । उता भण्डारीलाई भने सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा समेतको साथ छ। ती दलको मत भण्डारीलाई जाँदा निर्वाचन परिणाम भण्डारीको पक्षमा देखिन्छ । तर नेपाली कांग्रेसको संस्थापन इतर पक्षमा रहेका भण्डारीलाई आफ्नै पार्टीका नेताहरूले कति साथ दिन्छन्, त्यो भन्न सकिने अवस्था नभएको माओवादीका जिल्ला संयोजक समेत रहेका एक नेताको तर्क छ। गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा गुल्मी–१ मा एमालेले ३५ हजार ७०१ मत प्राप्त गर्दा कांग्रेसले ३१ हजार २९४ मत पाएको थियो । माओवादीले ४ हजार ९७० मत ल्याउँदा राष्ट्रिय जनमोर्चाले १ हजार ६ सय र नेकपा एसले ४९७ मत प्राप्त गरेका थिए । सत्ता गठबन्धनको मत यो क्षेत्रमा ३८ हजार ३६१ छ, जुन एमालेको भन्दा २ हजार ६ सय ६० बढी हो ।

स्थानीय तह निर्वाचनमा ज्ञवालीको आधार क्षेत्र मानिने रुरु क्षेत्र गाउँपालिकामा गठबन्धनको सहयोगमा माओवादीले चुनाव जितेको, चन्द्रकोट गाउँपालिकामा एमाले पछिल्लो समय केही कमजोर बनेको, १२ स्थानीय तहमध्ये मध्ये ३ वटामा खुम्चिएको कारण ज्ञवालीलाई रोक्न सकिने तर्क एक कांग्रेस महाअधि प्रतिनिधिको छ।तर उहाँले भने जस्तै सहज भने नेपाली कांग्रेसभित्र पनि भण्डारीलाई नभएको ठान्नेहरू पनि छन् । किनकि कांग्रेस नेता भण्डारी सभापति शेरबहादुर देउवाका खरो आलोचक हुनुहुन्छ । देउवाको समूहका कार्यकर्ताहरु यहाँ भण्डारीलाई कति सहयोग गर्दछन् भन्नेमा भर पर्ने गठबन्धन दलका नेताहरूको बुझाई छ ।यो क्षेत्रको प्रदेशसभा ‘क’ मा कांग्रेसका धनेन्द्र कार्की र एमाले नेता चिन्तामणि पाण्डेय बीच प्रतिस्पर्धा हुँदैछ । ‘ख’ मा माओवादी नेता सुदर्शन बरालसँग एमालेका फर्शुराम पाण्डेय प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेश १ ९क० मा ५७ हजार ५ सय ७९ र १ ९ख० मा ६१ हजार ७ सय ९ मतदाता रहेका छन् ।यस पटकको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएकाले पनि थप रोचक हुने विश्लेषकको भनाइ यद्यपि यसको अन्तिम फैसला मंसिर ४ को निर्वाचनमा जनताको अमुल्य मतले नै गर्ने छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation