काँग्रेसको चुनाव चिन्ह कलम र हँसिया हथौडा रहेको नेता भण्डारीको तर्क

गुुल्मी । नेपाली काँग्रेसका नेता महेन्द्र भण्डारीले नेपाली काँग्रेसको प्रतिनिधित्व कलम र हँसिया हथौडाले गर्ने दावी गर्नु भएको छ ।

सोमबार मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनीमा बाम लोकतान्त्रीक गठबन्धनको चुनावी कार्यक्रममा नेता भण्डारीले अहिले काँग्रेसको चुनाव चिन्ह कलम र हँसिया हथौडा भएको तर्क राख्नु भएको हो । प्रत्यक्षतर्फ कलम र हँसिया हथौडामा मतदान गर्नुपर्छ ।उहाँले भन्नु भयो ।

अहिले गठबन्धनका उम्मेदवारहरूलाई भारी मतले विजयी बनाउनुपर्छ । त्यसका साथै मदानेले संघ र प्रदेशमा नै प्रत्यक्ष उम्मेदवार पाउनु र समानुपातिक तर्फ पनि उम्मेदवार पाउनुले यस पटक मदानेका लागि गर्वको बिषय रहेको उहाँको भनाइ थियो । विकासको लय मिलाउनका लागि स्थानीय सरकार देखि प्रदेश र संघ सम्म गठबन्धनको सरकार बन्नु पर्ने उहाँले उल्लेख गर्नु भयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation