रोल्पामा छोराद्वारा बाबुको हत्या

रोल्पा । रोल्पामा छोरा द्वारा आफ्नै बुवाको हत्या भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा न ४ पोखरीका २३ वर्षका छोरा सन्दिप घर्तीले आफ्नै बुवा अन्दाजी ५० –५५ वर्षका मानसिङ घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ ।सन्दिप, मानसिङ र एक स्थानीय सगै बसेर मदिरा सेवन गरिरहेका बेला छोरा सन्दिप बाहिर गएर फर्कि आएर आफु बसेको काठको सुकुल प्रहार गरेर हत्या गरेका हुन् ।

सुकुल प्रहारले बुवा मानसिङको टाउकोमा गम्भीर चोट परेको हुदा मानसिङको घटना स्थलर्मै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सोमबार बिहान ९ बजे भएको एक स्थानीय बिराज योगीले जानकारी दिनु भएको छ ।घटना लगतै ईप्रका होलेरी र त्रिबेनीबाट प्रहरी टोली पुगेर दोषीलाइ पक्राउ गरेको छ । सब पोष्टमाटमका लागि दाङ पठाइ सकिएको प्रहरीले बताएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation