परमादेशबाट देश चलाउनु प्रतिगमन : ओली

कालीकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको सन्दर्भ जोड्दै अदालतको आदेशबाट सरकार संचालन गर्ने काम प्रतिगमन भएको आरोप लगाएका छन् । आइतबार एमाले कालीकोटद्वारा रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो कुरा बताएका हुन् ।

यस क्रममा उनले आफ्नो सरकारले गरेका लोकप्रिय कामबाट आत्तिएर पार्टी भित्रैका ुलोभी(पापीहरूुले घरमा आगो लगाएर कांग्रेसको पालीमा बास बस्न गएपछि ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेको दाबी गरे ।

उनले सत्ता गठबन्धनलाई ुफुटेका हाँडीका टुक्राु जोडेर बनेको भन्दै गठबन्धन देशका लागि अभिसाप भएको पनि बताए । ुअदालतमा कीर्ते मुद्दा हालेर मुद्दा जितेर जनता ठगेर बनेको गठबन्धन मंसिर ४ पछि हटाउने अवसर हो । हाँडीका खोपटा जोडेर बनेको गठबन्धनको अन्त्य गर्ने नेपाली जनताको अवसर हो,  ओलीले भने ।

सम्बोधनको सुरुमै अध्यक्ष ओलीले एक साताअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना उम्मेदवारलाई मन्त्री बनाउने आश्वासन दिएको कुराप्रति आपत्ति जनाएका थिए । यस क्रममा उनले दाहालले नक्कली कुरा गरेर जनता झुक्याएको आरोप लगाए ।

ुसंघमा २५ जना मन्त्री हुन्छन् । मतदाता खुसी पार्न जता गयो मन्त्री बनाउँछु भनेको सुनियो, मन्त्री बनाउने विधि र प्रक्रिया हुन्छ, नक्कली कुरा गर्न छाडौं,ु ओलीले भने ।

उनले कालीकोटमा कर्णाली करिडोर पक्की बनाउने, युवाहरूलाई स्वरोजगार बनाउने नीति तथा कार्यक्रमसहित घोषणापत्रमार्फत एमालेले २० ग्यारेन्टी सार्वजनिक गरेको बताएका थिए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation