निर्वाचनलाई लक्षित गरि मादक पदार्थ विक्री वितरणमा रोक

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मादक पदार्थ विक्रि वितरण र सेवन निषेध गरेको छ । आसन्न मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरि मादक पदार्थ विक्रि वितरण र सेवनलाई रोक लगाइएको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन विशेष सुरक्षा योजना २०७९ को दफा १८।३।१ को १० मा भएको व्यवस्था अनुसार यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुद्धारा सूचनामा उल्लेख छ ।

जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले कार्तिक २८ गते राति १० बजेदेखि देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि जिल्लाभर मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन कार्य निषेध गरिएको हो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation