सैनामैनाको ब्रमापुत्र होटलमा झुन्डिएको अवस्थामा एक पुरुष मृत भेटिए

उपकार अनलाइन, सैनामैना ।

रुपन्देही सैनामैनामा रहेको ब्रमापुत्र होटलमा झुन्डिएको अवस्थामा एक पुरुष मृत फेला परेका छ्न । सैनामैना वडा न. ८ कलौनीमा रहेको उक्त होटलमा पुरुष कोठा भित्र पंखामा झुन्डिएको अवस्थामा शनिवार मृत फेला परेका हुन ।

मृत फेला पर्नेमा अर्घाखाँची जिल्ला बस्ने अन्दाजी ३५ बर्षका बसन्त खनाल रहेको प्रहरीले जनाएको छ ।
शुक्रवार साझ बस्नका लागि होटलमा आएका खनाल शनिवार अपराह्न १२ बजे सम्म पनि नउठेपछि होटलका कर्मचारी उठाउन जानेक्रममा चुक्कुल लगाएर पंखामा झुन्डिएको अवस्थामा मृत देखेका थिए । घटना सम्बन्धि थप अनुसन्धान अगाढी बढेको प्रहरीले जनाएको छ ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation