लागुऔषध, पेस्तोल र विभिन्न देशका अवैध नोठ सहित कपिलवस्तु बाट दुई जना पक्राउ

कपिलवस्तु । कपिलबस्तु जिल्लाको मायादेवी गाँउपालिका वडा नं ६ रजवापुरमा ठुलो मात्रामा लागुऔषध (ब्राउन सुगर) तथा हातहतियार सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मायादेवी गाँउपालिका वडा नं ६ रजवापुरका लाला भनिने जुल्फेकार अहमद मुसलमान र उनका भाई नदिम अहमद मुसलमान रहेका छन ।

लागुऔषध तथा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको अनुसन्धान टोली र ईलाका प्रहरी कार्यालय पकडीको संयुक्त टोलीले मायादेवी गाँउपालिका वडा नं ६ रजवापुर स्थित लाला भन्ने जुल्फेकार अहमद मुसलमानको घर बाट उक्त सामान बरामद गरेको हो ।

फेला परेका उक्त सामानमा ६ राउण्ड गोली लोड गरेको AUTO PISTAL NO 1010 MADE IN USA  लेखेको अटोमेटिक पेस्तोल १ थान, ७५ ग्राम १५५ मिलिग्राम लागू औषध (ब्राउन सुगर), लागू औषध बिक्री गरी राखेको १ लाख ५३ हजार सात सय नेपाली रुपैया, ४ हजार १ सय भारतीय रुपैया, १, सिङ्गापुर २ डलर लेखेको १ थान, कुवेत लेखेको नोट १ थान, GHANA को One Cedi लेखेको नोट १ थान, Qatar को one riyal  लेखेको नोट १ थान, REPUBLIKA NG PILIPINAS  लेखेको ५० र २० को नोट २ थान, बिभिन्न किसिमका स्विच अफ भएको अवस्थामा रहेको मोबाईल १५ थान र लागुऔषध ब्राउन सुगर तौल गर्ने डिजिटल मेसिन ४ थान फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

फेला पारेको उक्त अवैध सामानलाई कानून बमोजिम बरामद गरी उक्त लागू औषध बिक्री वितरणमा संलग्न लाला भन्ने जुल्फेकार अहमद मुसलमान र नीजको भाई नदिम अहमद मुसलमानलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation