थापाथलीको सुकुम्बासी बस्तीमा तनाव बढ्दै

काठमाण्डाै । काठमाण्डौको थापाथलीमा रहेकाे सुकुम्बासी बस्तीकाे अवस्था तनावग्रस्त बनेकाे छ । महानगरले डोजर चलाउने काममा अवरोध भएको छ ।

काठमाण्डाै महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तरगत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको हो । तर, बस्तीमा मानिसहरुले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाण्डाै महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रर्दशन गरिरहेका छन । डोजरको प्रतिकार गर्न इट्टासमेत प्रहार भइरहेको छ ।

 

अहिले पनि त्यस क्षेत्रमा अवस्था तनावग्रस्त छ । काेही टायर बालेर विराेध गर्दैछन् । यस्तै झिटिझाम्टा कसेर बस्ती छाड्ने तयारीमा पनि छन् धेरैजसाे । काठमाण्डाै महानगरपालिकाले यस अघि नै ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । यता,  प्रर्दशनकारीहरुले भने विकल्प नभई नदिई आफूहरु बस्तीबाट नहट्ने जिकीर गरिरहेका छन । उनीहरुले डोजर चलाउने डरले आफूहरुको सामानभने बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation