चुनावी मतगणनाबाट सन्तुष्ट छैनन मिश्रा, न्यायको लागि अदालत पुगे

कपिलवस्तु । कपिलवस्तु ३ को प्रदेश सभा ‘१’ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट चुनाव लडेका रवीदत्त मिश्रा ६ मतान्तरले प्रदेश सभा सदस्यमा पराजित भएका मिश्रा सर्वोच्च अदालत पुगेका छन।
कपिलवस्तु ३ को प्रदेश सभा ‘१’ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट चुनाव लडेका मिश्रा नेकपा एमालेका उम्मेदवार अर्जुन केसी संग ६ मतान्तरले पराजित भएका छन । मतगणना गर्ने क्रममा यो निर्वाचन क्षेत्रमा विवाद भएको थियो । जारी विवादका बीच मतगणना सकिए पनि मिश्रा सन्तृष्ट छैनन् । उनले यो निर्वाचनको मतगणनामा धाधली भएको भन्दै मतपरिणामलाई अस्विकार गरेका छन । मतगणनामा एमालेको प्रलोभनमा परेर आफूलाई मतगणनाका कर्मचारीले चुनाव हराएको उनको आरोप छ । उनले पुनः मतगणनाको माग राखेका छन । पुनः मत गणना गर्न निर्वाचन अधिकृतको कार्यालय पुगे तर निर्वाचन अधिकृतको कार्यालयले नमाने पछि सर्वोच्च अदालतमा मुद्धा हाल्ने तयारी गरिरहेको उनले मिश्रा ले जानकारी दिएका छन । मतगणनाबारे उनी भन्छन्, ‘निर्वाचनमा ४२ हजार १०२ मत खसेको थियो । तर मतपेटिकामा ४ सय ५७ मत गायब भए । हामीले विरोध गर्‍यौ । पछि निर्वाचन अधिकृतको कार्यालयले १ सय ६४ मत मात्र नभेटिएको बताए पछि हामी ‘कन्भिन्स’ भयौं । ती हराएका मत समानुपातिक तर्फको मत पेटिकामा हुन्छन भनेर हामीलाई कार्यालयले भन्यो, हामीले स्विकार गर्‍यौ । तर, समानुपातिक तर्फको मतपेटिकामा जम्मा ३३ मत भेटिए । अरु मत एकाएक कसरी गायब भए ? यहाँ चलखेल भएको छ ।’

पुनः मतगणना हुनुपर्छ भन्दा निर्वाचन अधिकृतको कार्यालयले नसुने झै गरे पछि मुद्धा हाल्न सर्वोच्च अदालत पुगेको छु,’ उनले भने ।

अदालतको फैसलाबाट पुनः मतगणना हुनेमा उनी आशावादी छन । निर्वाचन अधिकृतको कार्यालयले एमाले उम्मेदवार केसीलाई विजयी भएको घोषणा गरेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation