१९औँ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा हाजिरजवाफ प्रतियोगिता

 कपिलवस्तु । १९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस २०७९ को अवसरमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । महिला सामुदायिक स्वास्थ्य स्वय्सेविकाको प्रतिबद्धता, स्वास्थ्य प्रवर्धनमा हाम्रो एक्येबद्धता भन्ने मुल नाराका साथ बाणगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा उत्तमनगर आधारभुत स्वास्थ्य सेवाकेन्द्रको सहआयोजनामा स्वास्थय केन्द्रको प्राङ्गणमा प्रतियोगिता सम्पन्न भएको हो ।

६ वटा स्वास्थ्य आमा समुहहरुको सहभागिता रहेको प्रतियोगितामा दुर्गा मन्दिर स्वास्थ्य आमा समुह बैरिया प्रथम, शान्ति स्वास्थ्य आमा समुह जितपुर द्धितिय, मायादेवी स्वास्थ्य आमा समुह बुङ्ची तृतिय हुँदा मालिका स्वास्थ्य आमा समुह चौँथो, बठानपुर स्वास्थ्य आमा समुह पाँचौ र महालक्ष्मी स्वास्थ्य आमा समुह छौठौँ भएका छन ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सञ्जु सारुले समाजको स्वास्थ्य अवस्थालाई प्रवद्धन गर्न महिला स्वास्थ्य स्वयम्सेविकाको भुमिका महत्वपुर्ण हुने भएकाले स्वयम्सेविकालाई सहजरुपमा काम गर्ने वातावरण बनाइदिनु पर्ने बताउनु भएको थियो ।

नगर स्वास्थ्य साखाका कर्मचारी, स्वास्थ्य सेवाकेन्द्रका कर्मचारी, विभिन्न विद्यालयका शिक्षक, १ नम्बर वडाका महिला स्वयम्सेविका लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन भने उत्तमनगर स्वास्थय सेवा केन्द्रकी इन्चार्ज एश्वर्या खरेलले गर्नुभएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation