कान्ति माध्यमिक विद्यालयको ६९ ओैं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्मन्न

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको ६९ ओैं वार्षिकोत्सब तथा अभिभावक दिवस २०७९ को अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि शभा सदस्य माननीय विष्णुप्रसाद पौडेलले रुपन्देहीका सामुदायिक विद्यालयहरुले आफ्नो शैक्षिक कार्यक्रमहरुलाई देशकै उत्कृष्ट नमुना प्रस्तुत गरिरहेकोमा खुसि व्यक्त गर्दै आगामी दिनहरुमा देशको शैक्षिक गतिविधिमा नेतृत्व लिन सक्ने क्षमता विकास गर्दै लगेको बताए ।

रुपन्देहीमा सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास , विकास तथा सुधारका लागि आफ्नो तर्फबाट कुनै कसुर बाकि नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रुपन्देहीको बुटवलमा रहेर मुलुकका २५ जिल्लाका विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिएको यस कान्ति माध्यमिक विद्यालयले आगामी दिनहरुमा प्राविधिक धारका विषयहरुको पठन पाठनलाई ध्यान दिदै बढ्दै गएको शैक्षिक बेरोजगारी कम गर्नका लागि अगाडि बढ्नु पर्ने यसका लागि आफुहरु सधैं तयार रहेको कुरा कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले बताए ।कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलका सामुदायिक विद्यालयहरुलाई अन्तरास्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने सस्थाका रुपमा विकास गर्दै लैजाने ध्येयका उप महानगरपालिकाले कार्यक्रम गरिरहेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि वडा नं ४ का अध्यक्ष नरिश्वर शर्माले बुटवल उपमहानगरपालिका विद्यालयको सर्वाङ्गिण विकासका लागि सधैंभरि तयार रहेकाले शिक्षालयलाई विवाद रहित बनाउन सुझाव दिनु भयो ।

कार्यक्रममा पूर्व जिसिअ टेक बहादुर थापा , बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत , अभिभावक संघका लोकनाथ ज्ञवालीले शुभकामना मनतव्य दिनु भएको थियो । बुटवल उपमहानगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्राचार्यहरु , रुपन्देही जिल्लामा सक्रिय रहेका सम्पूर्ण राजनैतिक दलका प्रतिनिधि, विभिन्न क्षेत्रका समाजसेवी , अभिभावकहरु, विद्यार्थीहरुको सहभागीता रहेको।

सो अवसरमा लगातार २५ वर्ष शिक्षण कार्यमा योगदान पुराउनु भएको पूर्व शिक्षक यज्ञलाल सुवेदी र कार्यरत शिक्षक घनश्याम यादवलाई कान्ति दीर्घ सेवा पदक बाट सम्मान गरिएको छ । वर्षको उत्कृष्ट कर्मचारीका रुपमा प्रेम बहादुर बगाले, शिक्षकको रुपमा अमित कशौधन र मञ्जु बस्नेत , उत्कृष्ट अभिभावकका रुपमा गोकर्ण पराजुली र कमला पन्थी जि सि लाई सम्मानित गरिएको थियो ।

जेहेन्दार तथा लगनशील विद्यार्थीहरुलाई विभिन्न सस्था र व्यक्तिबाट स्थापना गरिएको अक्षयकोषको ब्याज रकमबाट छात्रवृत्ति प्रदान गरिएको छ । कार्यक्रममा विद्यार्थी दिपिका घिमिरे स्वागत मनतव्य राखेकि थिईन भने सञ्चालन साहित्य विभाग प्रमुख शिक्षक लीलाधर पाण्डे र खेल शिक्षक महेश खनालले गर्नु भएको कुरा विद्यालयका शिक्षक हुमराज भुसालले बताउनु भयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation