आफ्नै आंगन बाट यातायात सुविधा पाएपछि शितगंगाका स्थानीयवासी हर्षित

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा न. ९, १० र ११ का विकट वस्तीहरुमा मोटर गुड्ने भएपछी स्थानीयवासी हर्षित भएका छन । कनै काम पर्दा साथ निक्कै लामो बाटो पैदल हिड्नुपर्ने बाध्यता भएका वडा नम्बर ९, १० र ११ का भक्कुचोक, देउराली, ठाडा खोला लगातयका वस्तीमा दैनिक रुटमा मोटर चल्ने भएपछि स्थानीयवासी हर्षित भएका हुन ।

औंषधि उपचार गर्न, हाडबजार जान, वडा र नगरमा विभिन्न सेवा सुुविधा लिन जाँदा घण्टौं सम्म हिँडे्र जानु पर्ने बाध्यता रहेका ति वस्तीका स्थानियवासीहरुका समस्याहरुलाई मध्यनजर गर्दै आफूहरुको अथक प्रयास बाट दैनिकरुपमा बस र बलेर जिप सञ्चालन गर्न सफल भएको वडा न.९ का वडा अध्यक्ष्य भिम बहादुर के.सि ले बताउनु भएको छ । वडा न. ९, १० र ११ का भक्कुचोक, देउराली, ठाडा खोला, लामीदमार, पाँकुरी, सिस्ने, साम्कोट, बाँके, ढडेनी लगायतका बस्तीका जनतालाई यातायातको पहुँचमा जोड्नको लागि निक्कै लामो समयदेखी संघर्स गरेको भएपनि अहिले सफल भएको उहाँले बताउनु भएको छ ।

बस दैनिक दिउसो २ः३० बजे भालुवाङ देखी भक्कु चोक, देउराली, ठाडाखोला, लामीदमार, पांकुरी हुँदै सिस्ने सम्म र विहान ७ः३० बजे सिस्ने देखी साम्कोट सम्म बस सञ्चालन हुने छ । त्यास्तै भालुवाङ, लाहापे हुदैं सिलिङखोला टाकुरा सम्म बलेरो जीप सञ्चालनमा आएको छ ।

यता आफहरुले भोग्दै आईरहेको समस्या समधान भई घर आँगन बाटै यातायात सेवा पाएको भन्दै स्थानियवासीहरुले खुसी व्यक्त गरेका छन । पहिला घण्टौ हिड्नुपर्ने बाध्यता रहेकोमा अहिले केहिछिनको मोटरयात्रा पछि गन्तव्यमा जान सकिने भन्दै उनिहरुले खसी व्यक्त गरेका छन ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation