सातौँ चन्द्रौटा महोत्सव भोलीबाट

कपिलवस्तु । सातौँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव– २०७९ को मुख्य उदेश्य भनेको आर्थिक गतिविधि चलायमान बनाउने र पर्यटन प्रवर्द्धन गर्ने रहेको मेला मुल आयोजक समिति संयोजक महादेब पोखरेलले बताउनु भएको छ । महोत्सवको बारेमा विस्तृत जानकारी गराउन महोत्सव स्थलमा आज आयोजित पत्रकार सम्मेलनमा पोख्रेलले यस्तो जानकारी गराउनु भएको हो ।

भोलिबाट सुरु हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको बताउदै मेलाले कोभिड १९ को कारण शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउन र यस क्षेत्रका धार्मिक तथा पर्यटकिय स्थलको प्रचारप्रसार गर्न टेवा पुग्ने उँहाले बताउनु भयो । स्थानिय उत्पदनले मेलामा स्थान पाउने, अटो व्यवसायि, होटल व्यवसायि तथा स्थानिय व्यवयायिहरुलाइ स्टलमा प्राथमिकता दिइएको पोख्रेलले बताउनुभयो ।

May be an image of 11 people, people standing and road

व्यापार संघ कपिलवस्तुको आयोजनामा यही पौष ७ गते अर्थात भोलिदेखि २१ गतेसम्म हुने महोत्सवमा कृषिजन्य उत्पादनका स्टलहरु निशुल्क राख्ने व्यवस्था मिलाइएको संयोजक पोखरेलको भनाइ छ । “कृषि पर्यटन, उद्योग र ब्यापार ब्यवसायीक दिगोपना हाम्रो मुख्य आधार” भन्ने मुल नाराका साथ चन्द्रौटामा संचालन हुने महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि जन्य बस्तु, तथा जातजातिको संरक्षण र पहिचान झल्काउने बस्तुहरुका लागि निशुल्क रुपमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको हो ।

May be an image of 14 people, people sitting and outdoors
१ सय ५० बढि स्टल रहने महोत्सवमा कृषि, पर्यटन, व्यापार, उद्योग, कला–संस्कृति, शैक्षिक प्रदर्शनी लगायतका स्टलहरु रहने बताइएको छ । जिल्लाभरका मिडिया कर्मिहरुको सहभागिता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियार, जिल्ला अध्यक्ष किरणमान बज्रार्चाय, अकोराब लुम्बिनी प्रदेश अध्यक्ष राजु खराल लगायतले मेलाको भव्य सफलताको सुभकानाका साथै पत्रकारीताको माध्यमबाट महोत्विको प्रचारप्रसारका लागि सहयोग गर्ने बताउनुभयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation