रुपन्देहीको मणिग्राममा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ५ मणिग्राममा बुधबार बिहान भएको दुर्घटनामा शुद्धोधन गाउँपालिका ६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका  २ का २६ वर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४७ प ३६१४ नम्बर मोटरसाइकल बुधबार बिहान पौने २ बजे दुर्घटनामा परेको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation