कपिलवस्तुको विजयनगर बाट अवैध काठ बरामद

कपिलवस्तु । कपिलबस्तु जिल्लाको विजयनगर बाट अवैध काठ बरामद भएको छ । विजयनगर गाउँपालिका ५ स्थित कटनिया बगैचामा लुकाई छिपाई राखेको अवस्थामा टिक जातको ७ गोलिया र सिसौ जातको ९ गोलिया काठ ईलाका प्रहरी कार्यालाय गणेशपुरको प्रहरी टोली र बि.ओ.पि. डालपुर सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले फेला पारेको हो ।

करिब २२ क्यु फिट काठको मुल्य अन्दाजी ५५ सय रहेक जनाइएको छ ।  उक्त बरामद गरिएको काठलाई सब डिभिजन वन कार्यालय ठाकुरापुर पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation